भूकम्प पीडितलाई सहयोग नगरेको भन्दै विनोद चौधरीमाथि खनिए गोकुल बास्कोटा

लोकपथ
195
Shares

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपाली कांग्रेसका सांसद एवं अर्वपति विनोद चौधरीप्रति कटाक्ष गरेका छन् ।

जाजरकोट र रुकुम पश्चिम भूकम्प पीडितका लागि अर्वपति भएर पनि केही नगरेको भन्दै बास्कोटाले अर्वपति भएर पनि कुनै सहयोग नगरेको भन्दै कटाक्ष गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै यसअघि २०७२ सालमा पनि चौधरी फाउण्डेसनले विभिन्न सहयोग गर्ने घोषणा गरे पनि कुनै सहयोग नगरेको भन्दै कटाक्ष गरेका हुन् ।

आजै चौधरी फाउण्डेसनले रुकुम पश्चिममा भूकम्प पीडितहरुको लागि ५० वटा ट्रान्जिस्नल सेल्टर निर्माण गर्ने घोषणा गरेको छ ।

सोही कटाक्ष गर्दै बास्कोटाले भनेका छन्, ‘एउटा नामी फाउण्डेशन छ–खर्वपति घरानाको।उस्ले ०७२ को महाभुकम्पमा दशौ हजार ब्याम्बु घर,सयौ डोम, कयौमेट्रीकटन चाउचाउ अरु धेरै बककाड्ने ऐलान गर्यो।तर प्रभावित क्षेत्रमा नमुना देखाएर पुच्छ्रे तारा झै हरायो।अहिले ट्रान्जिसनल घर बनाई दिने कुरा गरेछ । नपत्याऊककं कसरी?विज्ञापन,जो आकर्षक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?