काठमाडौं । मधेश प्रदेश सरकारले जाजरकोट र रुकम (पश्चिम) को भूकम्प प्रभावितलाई ६० लाख मूल्य बराबरको राहत पठाउने तयारी गरेको छ ।
सोमबार बसेको मधेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकले ६० लाख बराबरको खाद्यान्न सामग्री पठाउने निर्णय गरेको हो ।
नेपाल सरकारको गृह मन्त्रालय मार्फत खाद्यान्न सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पठाउन लागेको छ ।
गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दुु भएर गएको भूकम्पका कारण ठूूलो धनजनको क्षती भएको छ । अहिले उद्धारको काम सकिएसँगै राहत र पुनस्थापनाको काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया