काठमाडौं । चौधरी फाउण्डेसनले भूकम्प पीडितहरुका लागि ट्रान्जिसनल सेल्टर निर्माण गर्ने निर्णय गरेको छ ।
फाउण्डेसनले भूकम्प प्रभावित रुकुुम पश्चिम चौरजहारी नगरपालिकाका ५० परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गर्ने निर्णय गरेको हो ।
चौधरी फाउण्डेसनका प्रतिनिधि र उक्त नगरपालिकाका मेयर पुष्प बादीबीच आज विहानको बैठकबाट यो सहमति भएको हो ।
फाउण्डेसनले नगरपालिकासँगको समन्वयमा घरविहिन भएका परिवारका लागि यस्तो घर निर्माण गर्न लागेको हो जसका लागि यथासम्भव छिटो काम शुरू हुने बताइएको छ ।
फाउण्डेसनले २०७२ सालमा निर्माण गरेजस्तै ट्रान्जिसनल सेल्टर निर्माण गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया