करेन्ट लागेर दुई जनाको मृत्यु

लोकपथ
224
Shares
SSUCv3H4sIAAAAAAACA01RwU7DMAz9FSvnwkDcekPThOA0MYnLxMFNvc5qmlRO0jFN/XecbkzcbL9nv5eXi2kwsjX1xbBzOSbBxMGb+rky1HIKwuhM/TRXJiZMOVJUrnYWE3WKLv3fkf2lzE1t3n1bbpVdXcyNjtbB6yTb5fxc3Zn/VONq7Xh8eJV03/oiqx7M/F0Z7Mjbc1FXeSFHuJjZK9SfEslwczZxS+FaYm65lGYKFp3iL8W56oWhTDvB8chWeCIpfUvRamF2eKB0hlHIYi7GABOcgvQwOrQEHMNA+joLNnhLo4KcjtCxOOgoJfYdqD+7UOIx2B4OEgZoJPTklSwE0/Iw+B/6I2w0cWwcwWa7A/QtfJJvSVkePrZvcAgyYMkm/ZToTHXL8Horrm5uMrpVkyN7ilE5odffnOf5F6DKPd3rAQAA

काठमाडौं । झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

झापाको दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर सिकिस्त घाइते भएका उनको मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी कन्काइ नगरपालिका–३ स्थित घरमा टिनको छाना लगाउने क्रममा कन्काई–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई फलामे रड बोक्ने क्रममा बिजुलीको तारमा छोइँदा करन्ट लागेको थियो ।

सिकिस्त अवस्थाका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?