अब दुई गाउँपालिकामा इलाका प्रहरीका नयाँ भवन

लोकपथ
168
Shares

काठमाडौं । रामेछापमा रहेका दुईवटा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ ।

जिल्लाको खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा इलाका प्रहरी कार्यालयका नयाँ भवन बनाईएको हो । खाँडादेवीमा इलाका प्रहरी कार्यालय चोप्राङ र सुनापाति गाउँपालिकामा इलाका प्रहरी कार्यालय बेथानको नयाँ भवनको हिजो बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन गरेका हुन् ।

दुबै भवन बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो दुवै कार्यालयका भवन साढेदुई तलाका छन् । दुवै कार्यालयका भवन निर्माण समान कुल ४ करोड ६१ लाख ६८ हजार ८६ रुपैँया लागतमा गरिएको हो

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख किरण राणा प्रमुख जिल्ला अधिकारी अनिता निरौला बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईं आनन्द श्रेष्ठ सुनापति र खाँडादेवी गाउँपालिकाका अध्यक्षद्वय ठुलो कान्छा तामाङ ज्ञान कुमार श्रेष्ठ लगायतले समाजमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका बारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?