काठमाडौं । धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाइएको छ । प्रहरी प्रधान कार्यालयले खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले लोकपथलाई जानकारी दिए ।
गृह मन्त्रालयले माइतीघरमा धर्ना बसिरहेकी आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गर्दा परिवारले खड्कालाई जिम्मेवारीमुक्त गरेपछि मात्रै वार्तामा बस्ने भनेपछि खड्कालाई फिर्ता बोलाइएको हो ।
आरती शाह धनुषामा मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरूको कुटपिट गरेको पीडित परिवारले दाबी गरेका छन् ।
खड्का २०७९ पुस १२ मा धनुषामा गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया