नेपाल तरुण दलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

लोकपथ
175
Shares

काठमाडौं : नेपाली काङ्ग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार ११ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १०७ जनाले रक्तदान गरे ।

तरुण दलका केन्द्रीय सदस्य निरन्जन थापाका अनुसार  भूकम्पमा परेका घाइतेको उपचारका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो । 
“हालै जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परेर घाइते र  उपचारका क्रममा रगत अभाव नहोस् भन्ने हेतुले हामीले यो कार्यक्रम गरेका हौं,” थापाले भने ।
भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणका लागि नगद संकलनको कार्य पनि भइरहेको तरुण दलले जनाएको छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?