काठमाडौं । जाजरकोटमा फेरी भूकम्पको धक्का महसुश गरिएकाे छ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा भूकम्प गएको हो । भूकम्पले गरेको क्षेतीको विवरण भने आउन बाँकी रहेको छ ।
यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय क्षति भएको थियाे । प्रहरी तथ्यांकअनुसार जाजरकोटमा (१०१), रूकुम (५२) गरी १५३ जनाको मृत्यु भएको थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया