काठमाडौँ– आम जनता पार्टी (आजपा)ले विदेश विभागको प्रमुखमा धर्मेन्द्र सापकोटालाई नियुक्त गरेको छ । प्रभु साह नेतृत्वको आजपाले सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
पार्टीको अन्तरिम विधान २०७९ को धारा ३५ (ख) बमोजिम सापकोटालाई विभागको जिम्मेवारी दिइएको जनाइएको छ ।
विदेश विभागको जिम्मेवारी पाएसँगै सापकोटाले पाटीले आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताए । ‘मलाई पार्टीले विदेश विभागको जिम्मेवारी दिएको सूचना प्राप्त भइसकेको छ,’ उनले भने, ‘पार्टीले म माथि जुन विश्वास गरेर जिम्मेवारी दिएको छ त्यसलाई कुशलतापूर्वक निर्वाह गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया