काठमाडौं । काठमाडौं महानगरपालिकाले भूकम्प पीडितहरूका लागि राहत सामाग्री पठाएको छ । महानगरले नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितहरूका लागि राहत साम्रागी पठाएको हो ।
भूकम्प पीडितहरूका लागि अत्यावश्यक पर्ने सामाग्रीहरू पठाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
गत शुक्रबार राति शुक्रबार राति पौने १२ बजेतिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो। जसले गर्दा जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ ।
प्रहरी तथ्यांकअनुसार जाजरकोटमा (१०१), रूकुम (५२) गरी १५३ जनाको मृत्यु भएको छ। हाल खोज, उद्धार तथा राहतको कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया