राष्ट्रपति पौडेल युरोप भ्रमण स्थगित गरेर भोलि जाजरकोट र रुकुम पश्चिम जाने

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आसन्न युुरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।

आगामी कार्तिक २२ गतेदेखि फ्रान्स हुँदै जर्मनी र इटाली जाने कार्यक्रम रहेको थियो । तर भूकम्पका कारण निम्तिएको परिस्थितीका कारण भ्रमण स्थगित गरिएको राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले लोकपथलाई जानकारी दिए ।

‘पश्चिम नेपालमा गएको भूकम्पबाट सिर्जित परिस्थितिका कारण युुरोप भ्रमण स्थगित गर्नुभएको छ ।’ उनले भने, ‘भोलि भूूकम्प प्रभावित क्षेत्र जाजरकोट र भूकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम तय भएको छ ।’

परिस्थिती सहज भएपछि भ्रमणबारे कुरा हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?