मालपोत कार्यालय पर्साका तत्कालिन ५ मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लोकपथ
147
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन ५ जना मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेसन फाँट ‘ग’ का कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको भन्ने उजुरीका आधारमा अख्तियारले ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

जसमा मालपोत कार्यालय पर्साका तत्कालिन मालपोत अधिकृतहरु हरिनारायण मिश्र, भुप बहादुर बोगटी, गोपाल बहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारीसहित कम्युटर अधिकृत कमोद तिवारी र मालपोत कार्यालय पर्साका तत्कालिन नायव सुुब्बा किरण प्रसाद उपाध्याय रहेका छन् ।

मुद्दा दायर भएका मिश्रले आव २०७१/७२ मा मालपोत कार्यालय, पर्साको फाँट “ग” को एकै रजिष्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा रजिष्ट्रेशन दर्ता किताव प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको रु २,०९, ३१, ६४७।– राजस्व रकम चुहावट गरेको देखिँदा निजउपर भ्रष्टाचार निवारण ऐन,२०५७को दफा ७ र सोको खण्ड ९ग० बमोजिमको कसुरमा रु।२,०९, ३१, ६४७ (दुई करोड नौ लाख एकतीस हजार छ सय सतचालीस रुपैँया) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५७ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना र दफा ३ को उपदफा ९१० को देहाय खण्ड ९झ० बमोजिम कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम राजस्व हिनामिना भएको रकम रु २,०९, ३१, ६४७–को दोव्वर जरिवाना हुन समेतको मागदावी लिइएको छ।

त्यसैगरी मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत भुप बहादुर बोगटीले आ।व। २०७१।७२ मा मालपोत कार्यालय, पर्साको फाँट “ग” को एकै रजिष्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र लिखतहरु दर्ता किताबमा प्रविष्टि गरी प्रमाणित गर्नुपर्नेमा रजिष्ट्रेशन दर्ता किताव प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको रु।१,४९,६९,१४५।– राजस्व रकम चुहावट गरेको अख्तियारको दाबी रहेको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सोको खण्ड ९ग० बमोजिमको कसुरमा रु।१,४९,६९,१४५।( ९एक करोड उनान्पचास लाख उनान्सत्तरी हजार एक सय पैतालीस रुपैँया० बिगो कायम गरी सो रकमको दोब्बर बिगो दाबी गरिएको अख्तियारले जनाएको छ ।

त्यस्तै मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत गोपाल बहादुर ढुंगानाले सोही आर्थिक वर्षमा “ग” को एकै रजिष्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र लिखतहरु दर्ता किताबमा प्रविष्टि गरी प्रमाणित गर्नुपर्नेमा रजिष्ट्रेशन दर्ता किताव प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको रु।३५,४५,९५०।– राजस्व रकम चुहावट गरेको दाबीसहित उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना र दफा ३ को उपदफा ९१०बमोजिम सो रकमको दोब्बर मागदाबी गरिएको छ।

त्यस्तै मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्यालले सोही आर्थिक वर्षमा रजिष्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र पारित लिखतहरु दर्ता किताबमा प्रविष्टि गरी प्रमाणित गर्नुपर्नेमा रजिष्ट्रेशन दर्ता किताव प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको रु।१६,८१,६००।– राजस्व रकम चुहावट गरेको दाबीसहित उनीउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सोको खण्ड ९ग० बमोजिमको कसुरमा रु।१६,८१,६००।( ९सोह्र लाख एक्कासी हजार छ सय रुपैँया० बिगो कायम गरी त्यसको दोब्कबर जरिवाना गरिएको अख्तियारले जनाएको छ ।

त्यस्तै मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत चन्द्र बहादुर भण्डारीले सोही आर्थिक वर्षमा “ग” को एकै रजिष्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र पारित लिखतहरु दर्ता किताबमा प्रविष्टि गरी प्रमाणित गर्नुपर्नेमा रजिष्ट्रेशन दर्ता किताव प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको रु।२,४४,४६२।– राजस्व रकम चुहावट गरेको दाबीसहित उनीउपर भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीसहित सो रकमभन्दा दोब्बर जरिवाना समेत गरिएको छ ।

त्यस्तै मालपोत कार्यालय, पर्साका तत्कालीन कम्प्यूटर अधिकृत कमोद तिवारीले पनि सोही आथिर्पक वर्षमा एकै रजिष्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र प्रत्येक दिन दर्ता भएका लिखतहरु दर्ता किताबमा प्रविष्टि गरी प्रमाणित गर्नुपर्नेमा रजिष्ट्रेशन दर्ता किताव प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको रु।१,४१,४७,१७१।– राजस्व रकम चुहावट गरेको दाबीसहिचत निजउपर भ्रष्टाचार निवारण ऐनअनुसार सोही रकमको दोब्बर जरिवाना गरिएको छ ।

त्यस्तै मालपोत कार्यालय, पर्साका तत्कालीन नायव सुब्बा किरण प्रसाद उपाध्यायले पनि सोही आर्थिक वर्षमा फाँटवालाको हैसियतले एकै रजिष्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरी बढी राजस्व रकम उठेको लिखतहरुको विवरण रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टिसमेत नगरी उक्त लिखतबाट उठेको रु।५,५५,१९,९७५।–राजस्व रकम चुहावट गरेको दाबीसहित सो रकमको दोब्बर जरिवानासहित कारबाही गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?