राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

लोकपथ
1.2k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आसन्न युुरोप भ्रमण स्थगित भएको छ ।

आगामी कार्तिक २२ गतेदेखि फ्रान्स हुँदै जर्मनी र इटाली जाने कार्यक्रम रहेको थियो । तर भूकम्पका कारण निम्तिएको परिस्थितीका कारण भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले लोकपथलाई जानकारी दिइन् ।

‘वर्तमान परिस्थितिका कारण राष्ट्रपति ज्यूको भ्रमण हाललाई स्थगित भएको हो ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?