प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने सर्वदलिय बैठकको निर्णय

लोकपथ
0
Shares

काठमाडौं । मधेश प्रदेश सरकारको सर्वदलिय बैठक सम्पन्न भएको छ ।

सोमबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा विभिन्न चारवटा कुरामा छलफल भएको मधेश प्रदेशका गृह तथा सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले बताएका छन् ।

बैठक पश्चार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री समिमले शुक्रबार काठमाडौं गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेबारे छलफल भएको जानकारी दिएका हुन् ।

उनले प्रदेश निजामति ऐन, प्रहरी समायोजन, गुठी र वन सम्बन्धी विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको बताए ।
उनले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्रमार्फत मागहरु पूरा गर्ने अल्टिमेटम दिने, र उक्त अवधिमा माग पूरा नभए मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरु काठमाडौंमा धर्नामा बस्ने निर्णय भएको पनि बताए ।

उक्त विषयमा २२ गत्ते पत्रकारसम्मेलनमार्फत थप जानकारी दिने सर्वदलिय बैठकबाट निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?