जाजरकोट भूकम्प पीडितलाई दोलखाको २० लाख सहयोग

लोकपथ
0
Shares

काठमाडौं । दोलखा जिल्लाका सबै स्थानीय सरकारहरु मिलेर जाजरकोट भूकम्प पीडितलाई २० लाख रकम पठाउने भएका छन् ।

सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भूकम्प पीडितका लागि प्रत्येक स्थानीय तहबाट निर्णय गरेको वागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले जानकारी दिएका छन् ।

दुई नगरपालिकाले तीन तीन लाख र ७ वटा गाउँपालिकाले दुई दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको उनको भनाई छ ।
दोलखा जिल्लामा कुल ९ वटा पालिकाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?