काठमाडौं । ढुवानी व्यवसायी महासंघ नेपालले भूकम्प प्रभावित क्षेत्रहरुमा पठाउने लत्ताकपडा, औषधी जस्ता अत्यावश्यक राहत सामाग्रीहरु एक हप्ता सम्मको लागि निःशुल्क ढुवानी गर्ने निम्ति सम्पूर्ण ट्रान्सपोर्ट ढुवानी व्यवसायीहरुलाई विशेष अनुरोध गरेको छ ।
आइतबा्र विज्ञप्ति जारी गर्दै भूकम्पले पुराएको जनधनको क्षतीप्रति दुःख व्यक्त गर्दै, घाइतेहरु उद्धार र राहत वितरणलाई प्रभावकारी भन्दा समेत सम्पूर्णमा अपिल गरेको हो ।
महासंघ महासचिव अरुण श्रेष्ठकाअनुसार जाजरकोट र रुकुम पश्चिम भुकम्पले देशनै दुःखित भएको बेलामा सरकारको मात्रै मुख ताकेर बस्नु उचित नहुने र बिपत्तिको बेलामा मलम लगाउने उद्देश्यका साथ एक हप्ता सम्म लत्ताकपडा, औषधिजन्य र अत्यावश्यक राहत सामग्रीहरुको ढुवानी निः शुल्क गर्ने निर्णय गर्दै सम्पूर्ण सघहरुलाई पत्राचार गरिएको बताए ।
निःशुल्क ढुवानी सेवाका लागि महासंघले काठमाडौंमा तीन स्थान सहित काठमाडौं बाहिर, वीरगञ्ज ,इटहरी, नेपालगञ्ज, विराटनगर ,रुपन्देही , झापाको बिर्तामोड, चितवन, धनगढी, उदयपुर, दाङ, हेटौंडा, पोखरा र बाराबाट प्रदान गरिने व्यवस्था मिलाएकोमहासचिव श्रेष्ठको प्रष्ट पारे ।
साथै शनिबार नै सुर्खेत र नेपालगन्जबाट २ लाख हाराहारीको चार ट्रक अत्यावश्यक सामाग्री जाजरकोटमा निस् शुक्ल ढुवानी समेत गरिएको महासंघ जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया