कोशीमा एमालेको बटमलाइन : प्रतिपक्षीको बेन्चमा बस्ने, समर्थन फिर्ता नलिने

लोकपथ
104
Shares

काठमाडौं । सरकारबाट बाहिरिएको कोशी प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।

आज बसेको एमाले कोशी प्रदेशको प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

बैठकले एमाले सरकारबाट बाहिरिने तर प्रदेशको स्थायित्वका लागि समर्थन भने कायम राख्ने निर्णय भएको पूर्व मुख्यमन्त्री समेत रहेका एमाले कोशी प्रदेश संसदीय दलका नेता हिम्मतकुमार कार्कीले लोकपथलाई जानकारी दिए ।

‘हामीले नै अग्रसरता लिएर निर्माण गरेको सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौँ तर हामी सरकारमा भने बस्दैनौँ । हामी प्रमुख प्रतिपक्षीको रुपमा उहाँहरुको कामको निगरानी गर्दछौँ ।’ कार्कीले लोकपथसँग भने ।

एमालेको समर्थनमा कांग्रेसुका केदार कार्कीलाई मुख्यमन्त्री बनाएको थियो । कार्कीलाई गठबन्धनमा आवद्ध अन्य दलले समेत समर्थन गरेपछि रुस्टिएको एमाले यसअघि नै सरकारबाट बाहिरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?