माओवादीको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित

लोकपथ
77
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ ।

कर्णालीको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पको कारणले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित भएको माओवादीका महासचिव देव गुरूङले लाेकपथलाई जानकारी दिए ।

‘काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा तोकिएका जनप्रदर्शनका कार्यक्रम भने यथावत रहन्छ ।’  महासचिव गुरूङले भने ।

माओवादी केन्द्रले गत मंगलबार प्रदेश कमिटीहरूलाई परिपत्र जारी गरी २२ मंसिरमा काठमाडौंलगायत विभिन्न स्थानीय तहमा जनप्रदर्शन गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?