गोरखा–२ मा जस्तै अर्को कडा भिडन्त मोरङमा, कस्ले मार्ला बाजी ?

काठमाडौं, १० कात्तिक यतीबेला गोरखा निर्वाचन क्षेत्र नम्वर दुईमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुमध्ये कस्ले जित्ला भन्ने चर्चा परिचर्चा भैरहेको छ । तर, त्यहाँ जत्तिकै कडा भिडन्त अर्को निर्वाचन क्षेत्रमा पनि हुने भएको छ नेपाली कांग्रेसको भावि सभापति वा भावि प्रधानमन्त्रीका रुपमा हेरीएका कांग्रेस नेता डा. शेखर कोइराला र एमालेका चर्चित नेता लालबाबु पण्डितका बीच मोरङको निर्वाचन क्षेत्र नम्वर दुईमा महाभिडन्त हुने भएको हो । मोरङमा यी दुवै नेता प्रिय र चर्चित छन् । दोस्रो चरणको चुनाव अन्तरगत मंसिर २१ गतेका दिन मोरङका जनताले यी दुई मध्ये कस्लाई अनुमोदन गर्लान्, यो तिब्र प्रतिक्षाको विषय बनेको छ कांग्रेसको बिहीबार बसेको संसदीय बोर्ड बैठकले कोइरालालाई उक्त क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने एमालेले पनि पण्डितलाई उम्मेदवार बनाउनेबारे लगभग निर्णय गरिसकेको छ यो निर्वाचन क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा रहेका छन् । यी वडामा एमालेको पकड रहेको छ । यस्तै बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४, ५, ६, ७, ९, ११ र १२ वडा यहि निर्वाचन क्षेत्रमा पर्दछ । यी स्थानमा दुवै पार्टीको मत बराबर जस्तै छ । स्थानीय तहको चुनावमा यो क्षेत्रबाट कांग्रेसले १९ हजार ७६० ल्याएको थियो । यस्तै एमालेले १८ हजार मत ल्याएको थियो । यस्तै माओवादीको सात हजार मत छ भने फोरम नेपाल र राजपाको गरि करिब ११ हजार मत रहेको छ तर, दुवै नेता स्थानीय स्तरमा लोकप्रिय रहेकाले कस्ले बाजि मार्ने हो, त्यसका लागि निर्वाचनको अन्तिम परिणाम नै कुर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?