काठमाडौं । कञ्चनपुरमा बेपत्ता भएकी नारूदेवी जोशी मृत अवस्थामा फेला परेकी छिन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि जोशी मृत भेटिएकी हुन् ।
सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा नारूदेवीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए ।
नारूदेवीको घाँटीमा निलडाम रहेको छ । घाँटीमा निलडाम भेटिएपछि प्रहरीले हत्या भएको हुनसक्ने आशंका गरेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया