जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय व्यवसायीलाई राष्ट्रपतिको सुझाव

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रपति रामाचन्द्र पौडेलले नेपालको जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय र उद्यमी व्यवसायीलाई जलविद्युतको आग्रह गरेका छन् । नेपालको जलविद्युतमा लगानी गर्न चाहनेका लागि महत्वपूर्ण अवसर रहेको राष्ट्रपति पौडेलले चर्चा गरेका छन्।

आजदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’को ३७औँ सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायलाई उर्जा उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

पौडेलले भने, ‘नेपालमा लगानीको अवसरहरु बढ्दै गएका छन् । लगानी सहज बनाउने कानूनहरु निर्माण भैसकेका छन । अब भारत र बंगलादेश नेपाली विद्युतको बजार बन्दैछ । विद्युत व्यापारका क्षेत्रमा पपिछल्लो समय भएका प्रगतीले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न म सबैलाई आह्वान गर्दछु ।’

साथै उनले नेपालको पर्यटन, कृषि,सूचना प्रविधिलगायतका क्षेत्रपनि लगानीको प्रचुर सम्भावना भएको क्षेत्र रहेको भन्दै उक्र क्षेत्रमा लगानी बढाउन लगानीकर्तालाई आग्रह गरे ।

‘प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ । यसमा आज हुने लगानीले भोली प्रतिफल दिनेछ । सूचजा प्रविधि,उत्पादनमूलक उद्योग,कृर्षिजन्य उद्योग नेपालमा लागानी योग्य सम्भावना भएका अन्य क्षेत्र हुन् । यी क्षेत्रमा लगानी बढाउन सबैलाई भविष्यलाई दिगो,नविन र संमृद्ध आकार दिन उद्योग वाणिज्य र निजी क्षेत्रको शक्ति प्रयोग गर्न आग्रह गर्दछु’ पौडेलले भने ।

काठमाडौंमा आजदेखि सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?