काठमाडौं । बलिउड अभिनेता रणदीप हुड्डा आफ्नो फिल्मका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छन् ।
अभिनेता रणदीपको विवाहको खबरले हाल सामाजिक सञ्जाल तातिएको छ । रणदीपले यसै वर्ष एक निजी समारोहमा आफ्नी प्रेमिका लिन लैशरामसँग विवाह गर्ने दाबी गरिएको छ । भारतीय मिडियाका अनुसार दुवैले यसै महिनाको अन्त्यमा मुम्बईमा विवाह गर्ने छन् ।
रिपोर्टका अनुसार रणदीप र लिनले आफ्ना नजिकका साथीभाइ र परिवारका सदस्यहरूको उपस्थितिमा एक निजी समारोहमा एकअर्कासँग विवाह गर्नेछन्। तर, विवाहको मिति र स्थान भने खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया