काठमाडौं । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ ।
यस अन्तर्गत भेटायोले एउटा घर चार हजार पाँच सय रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ ।
यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने छ ।
साथै सफाई, पेन्टिङ र लुगा धुने काम, किट नियन्त्रणमा समेत बिशेष छुटको व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ । यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ, कम्पनीले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया