जुवा खालबाट २१ जुवाडे पक्राउ 

लोकपथ
567
Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बिपुलचोक डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–३ घर भएकी डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पा लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७ सय ५० रुपैयाँ र १ एक बुक ताससहित पक्राउ गरेको हो ।

त्यसैगरी भक्तपुरको भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित काभ्रे तिमाल गाउँपालिका–९ घर भएका २४ वर्षीय बुद्ध लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ६ सय ५५ रुपैया र २ बुक ताससहित पक्राउ गरेको हो ।

त्यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका–४ मानवअधिकार चोकस्थित सोही महानगरपालिका–१५ रामजवार बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ३२ वर्षीय यम बहादुर गुरुङले संचालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेलिरहेको अवस्थमा यम बहादुरसमेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले नगद ४६ हजार ९ सय ७५ रुपैया र  १ सय ६० पत्ती ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?