काठमाडौं । धादिङ र दाङमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार धादिङको निलकण्ठ नगरपालिका–१४ रातमाटे बस्ने ५२ वर्षीया भक्ति परियार सोही नगरपालिका–१४ स्थित थोपल खोलाको किनारामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
बिहीबार माइती घर नेत्रवति डवजोङ गाउँपालिका–४ थर्पु जान्छु भनि हिडेकोमा माइती घर नपुगेपछि खोजी गर्ने क्रममा उक्त खोलाको किनारामा उनको शव फेला परेको हो ।
त्यस्तै दाङको गढवा गाउँपालिका–५ गोठरीस्थित कोईलाबास जाने बाटोदेखि करिब ६० मिटर टाढा हाल नाम, थर, वतन नखुलेको पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला परेका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया