काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भूकम्पको उद्धार र राहतका लागि महामन्त्रीद्वयको नेतृत्वमा समिति अनुगमन तथा सहजीकरण समिति बनाएको छ ।
आज बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भूकम्प पीडितको उद्धार र राहतमा कुन अनियमितता नहोस् भन्नका लागि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा समिति बनाएको हो ।
उक्त समितिले राहत वितरणमा कुनै अनियमितता हुन नदिनका लागि अनुगमन, निरीक्षण तथा सहजीकरण गर्ने कांग्रेसका प्रचार विभागका प्रमुख मीन विश्वकर्माले लोकपथलाई जानकारी दिए ।
‘भूकम्पको उद्धार तथा राहतमा कुनै अनियमितता हुन नदिनका लागि महामन्त्रीद्वयको नेतृत्वमा अनुगमन तथा सहजीकरणका लागि समिति बनाउने निर्णय भएको छ ।’ उनले भने, ‘उक्त समितिले भूकम्प पीडितको उद्धार र राहतमा हुन सक्ने असजीकरण र अनियमिततालाई निर्मूल पार्न अनुगमन गर्नेछ ।’
यसअघि शनिबार नै नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार र राहतको लागि ५० लाखको उद्धार तथा राहत कोष निर्माण गरेको छ । साथै उद्धार र राहतका लागि रकम थप गर्न आग्रह गरेको छ । आजै कांग्रेस केन्द्रीय सदस्य दिपछिरिङ लामाले ११ लाख र पूर्व सांसद दिब्यमणीराज भण्डारीले ५ लाख दिएका छन् ।
आजको बैठकले कांग्रेसको महासमिति बैठक सार्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया