लमजुङमा उत्तराद्र्ध साहित्य बहस

बेँसीशहर, लमजुङ, १० कात्तिक ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्थामा लेखिने साहित्य विषयमा लमजुङबाट बहसको थालनी गरेका छन् ‘मेरो राष्ट्र मेरो ध्येय’ नारासहित कला–साहित्य यात्रामा लमजुङ आइपुगेका साहित्यकारले आज बँेसीशहरमा उत्तराद्र्ध साहित्यबारे विचारविमर्श गरेका हुन नेपाली कला साहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष एवं साहित्यकार मोमिला जोशीले उत्तराद्र्ध साहित्यमार्फत ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्था साहित्यमा कसरी प्रस्तुत भइरहेको छ भन्ने नयाँ बहस शुरु गरिएको बताए ‘ कार्यक्रममा उत्तराद्र्ध साहित्यः परिकल्पना, विश्व परिदृष्य र सम्भावनाबारे त्रिभुवन विश्वविद्यालयका अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक केशव सिग्देलले कार्यपत्र प्रस्तुत गरेका थिए कार्यक्रममा बोल्दै वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले साहित्यलाई दिगो विकाससँग जोड्दै लैजानुपर्नेमा जोड दिए । उत्तराद्र्ध साहित्य लेखनबारेको बहस सकारात्मक रहेको यसलाई सांगठनिक रुप दिन आवश्यक रहेको उनको भनाइ थियो सर्वोदय सेवा आश्रमसँग मिलेर शुरु गरिएको साहित्य यात्राका लागि राजधानीबाट २५ साहित्यकार सम्मिलित टोली लमजुङ आएको छ । यात्राअन्तर्गत बँेशीसहर, ज्येष्ठनागरिक आश्रम तार्कुघाट हर्राबोटमा सिर्जना उत्सव गरिएको छ । ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा शनिबार साहित्यिक कार्यक्रम राखिएको सर्बोदय सेवाश्रम लमजुङका अध्यक्ष कृष्णराज ओलियाले बताए राष्ट्रव्यापी ठाडोभाका दोहोरी गीत प्रतियोगिताभेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको देहान्त भएको ४५ औँ दिनको अवसरमा लमजुङ भोटेओडारमा राष्ट्रव्यापी ठाडोभाका खुल्ला दोहोरी गीत प्रतियोगिता भएको छ नेपाल पूर्व प्रहरी संगठन लमजुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङको आयोजना, इन्द्रेणी साँस्कृतिक विकास केन्द्रको सहआयोजनामा भएको सो प्रतियोगितामा लमजुङ, तनहुँ, गोरखाका गरी २६ समूहको सहभागिता रहेको थियो प्रतियोगितामा सुन्दरबजार– ६ को समूह प्रथम, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँ दोस्रो, लमजुङ पाचोकको श्रीमन गुरुङको समूह तेस्रो र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाले सान्वना पुरस्कार पाएका छन् प्रथम हुनेले प्रमाणपत्रसहित रु २० हजार, द्वितीय हुनेले रु १५ हजार, तृतीया हुनेले रु १० हजार, तथा सान्वना हुनेले नगद रु पाँच हजार प्राप्त गरेका छन् ठाडोभाका लमजुङसहित गोर्खा, तनहुँ, कास्कीमा गुञ्जने लोपोन्मुख भाका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?