पत्रकार देबकोटालाई संगम पत्रकारिता पुरस्कार

लोकपथ
777
Shares

बिदुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष एवं नुवाकोटबाट प्रकाशन हुने उत्तरगया दैनिकका सम्पादक शिव देबकोटा संगम पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नुवाकोटको अग्रणी सहकारी संस्था संगम बचत तथा ऋण सहकारीले आफ्नो २७ औ बार्षिक साधारणसभाको अवसरमा पत्रकार देबकोटालाई पुरस्कृत गरेको हो ।

शनिवार त्रिशूली कोलोनीमा आयोजित सहकारीको साधारणसभामा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पत्रकार देबकोटालाई दोसल्ला ,सम्मानपत्र र नगदसहित सम्मानित गरे ।

पुरस्कृत पत्रकार देबकोटा बिगत २६ बर्ष देखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?