प्रदेशस्तरीय बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन, सुनाए गायत्री मन्त्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशस्तर बैठकलाई सम्बोधन गर्दै गायत्री मन्त्र सुनाएका थिए । प्रधानमन्त्री ओलीले पहिलो प्रदेशस्तरीय बैठकमा राजनीतिक कुरा भन्दा धार्मिक कुरालाई प्रथमिकताका साथ प्रस्तुत गर्दै उनले गायत्री मन्त्र सुनाएका थिए ।  

आइतवार विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश १ कमिटीको पहिलो बैठक एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गायत्री मन्त्र वाचन गरेका हुन् । 

नेकपाको बैठकमा प्रधानमन्त्री ओलीले पवित्र धार्मिकस्थल बराहक्षेत्रदेखि पाथीभरासम्मको नाम लिन समेत भ्याएका थिए । ‘ओम भूर्भवस्वः’ वाचन गर्दै उनले भने, ‘यो गायत्री मन्त्री बराहक्षेत्रमै देखिएको हो ।’

शास्त्रीय मार्क्सवाद भन्दा आजको समयअनुसार चल्न सक्ने मार्क्सवादको उपयोग गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले एक नम्बर प्रदेशको धार्मिक एवं ऐतिहासिकताको चर्चा समेत गरे । 
प्रदेश १ अन्तर्गत प्रदेश कमिटीको बैठकमा २ सय ५ जना प्रदेश कमिटी सदस्यलाई सपथ ग्रहण गराइएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?