प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

लोकपथ
140
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

जाजरकोट भूकम्पका पीडितहरुको उद्धार र थप राहतका लागि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
भोलि बिहान ८ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले लोकपथलाई जानकारी दिए ।

‘भोलि बिहान ८ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । ’ उनले भने, ‘बैठकमा भूकम्प पीडितको उद्धार र राहतको थप कार्यक्रमबारे छलफल हुनेछ ।’

गएराति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । भूकम्पबाट ठूलो धनजनको क्षती भएसँगै प्रधानमन्त्री प्रचण्ड आजै बिहान त्यसतर्फ गएका थिए । भने आफूलाई लगेको सेनाको हेलिकोप्टर पीडितहरुको उद्दार र राहतका लागि छाडेर प्रधानमन्त्री दाहाल नियमित उडानमार्फत् काठमाडौं फर्किँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?