काठमाडौं । काठमाडौंको कालिमाटी स्थित सोल्टीमोडमा पुरुष व्यक्तिको शव भेटिएको छ । सोल्टिमोड स्थित सड्कमा सुमन कार्कीको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।
सेनाको लेसनायक रहेका सुमन जंगी अड्डास्थित गणेश दल गणमा कार्यरत थिए । २६ वर्षीय सुमन चन्द्रागिरी नगरपालिका–६ का स्थानीय हुन् ।
सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडी उनको शव भेटिएको हो । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया