भूकम्प पीडितको उद्धार र राहतका लागि कांग्रेसले पचास लाख दिने

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारलाई पचास लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

गएरातीको जाजरकोटमा गएको भूकम्पबाट ठूलो संख्यामा नागरिकको ज्यान गएको र धेरै भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपदको समयमा सरकारलाई सघाउन तयार रहेको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा पचास लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका  छन् ।

कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न समेत अजिल गरेको छ ।

भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति सँगै धेरै नागरिक घाइते भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?