काठमाडौं । पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३२ जनाको मृत्यु भएको छ ।
गएराति ११ : ४७ बजे जाजरकोटको बारेकोट-१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बढी क्षति पुगेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।
मानिसहरु रातिदेखि नै खुला ठाउँमा बसिरहेका छन् । उनीहरुलाई राहत वितरणको प्रयास भइरहेको छ ।
घाइतेहरुले अस्पताल भरिभराउ छन् । गम्भीर घाइतेहरुलाई हेलीकोप्टरमार्फत नेपालगञ्ज, सुर्खेततर्फ लगिएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया