भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा जुट्न माओवादी केन्द्रले दियो पार्टी संगठनलाई निर्देशन

लोकपथ
35
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले जाजरकोट र रुकुममा भएको भूकम्पबाट प्रभावित क्षेत्रका स्थानहरुमा उध्दारमा जुट्न आफ्नो पार्टीका सबै स्थानीय निकायलाई निर्देशन दिएको छ ।

पार्टीका प्रवक्ता देव गुरुङ्गले आज बिहान प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपतको यस क्षणमा कर्णाली प्रदेश लगायत सिङ्गो पार्टीपक्ति, जवस मोर्चा, विभागहरुलाई तत्काल उद्धार र राहतमा द्रुतगतिमा जुट्न पार्टीका तर्फबाट निर्देशन दिएका छन् । साथै तीनै तहका सरकार, सुरक्षा निकाय, सामाजिक संघ संस्था लगायत आम जनसमुदायलाई सक्रियतापूर्वक उद्धार तथा राहत कार्यमा लाग्न पनि उनले अपील गरेका छन् ।

नेता गुरुङ्गले भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै    मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै समवेदना र सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?