काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विकासशील अवस्थाबाट माथि उठ्न चाहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आह्वान गरेका छन् ।
अर्जेन्टिनाको बोईसन एरिसमा विभिन्न राष्ट्रका राष्ट्र प्रमुख, राष्ट्र संघीय प्रतिनिधि तथा मन्त्रीहरु सहभागी बापा सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
विकासशील राष्ट्रहरुको उन्नतिका लागि स्थापित दक्षिण– दक्षिण साझेदारी अर्थात बापा सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकभित्र विकासका आधारहरु तय भएको गर्दै मुलुक सम्बृद्धिको बाटोमा अग्रसर भएको उल्लेख गरे ।
‘नेपाल सरकार समृद्ध नेपाल खुशी नेपाली’को नारा साकार पार्न प्रतिबद्ध रहेको समेत बताए । मुलुक दक्षिण क्षेत्रका अन्य राष्ट्रहरुसँग कसैलाई पछि नपारौं भन्ने नीति अबलम्वन गरेको, गरिबी निवारण तथा दिगो विकासमा प्रतिबद्ध भएको, जलवायु परिवर्तन, लैंगिक समानता, सहभागिता, सामाजिक न्याय, तेस्रो लिङ्गीको अधिकारप्रति गम्भीर रहेको र शान्ति र स्थायित्वका लागि प्रतिबद्ध भएको लगायत कारणले नेपालसँग सहकार्य गर्दा सहज हुने पनि स्पष्ट पारे ।
साथै उनले बुधवार संयुक्त दोस्रो उच्चस्तरी सम्मेलनलाई सम्बोधन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया