काठमाडौंमा ‘इन्डो नेपाल वेडिङ समिट’ सुरु

लोकपथ
35
Shares

काठमाडौं । नेपाललाई उकृष्ट विवाह गन्तब्य बनाउने उद्देश्यका साथ ‘इन्डो नेपाल वेडिङ समिट २०२३’ आयोजना गरिएको छ ।

काठमाडौंको सोल्टी होटल बलमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनन्जय रेग्मीले नेपाल उत्कृष्ट विवाह गन्तब्य बन्न सक्ने कुरालाई ध्यानमा राखेर ‘वेडिङ समिट’ आयोजना गरिएको बताए ।

अपेक्षा गरे अनुसारको सहभागिता नभए पनि पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएकोले आगामी दिनमा यसले सकरात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले भने ‘आजको उद्देश्य चै नेपाललाई एउटा वेडिङ डेष्टिनेशन विवाह गर्ने गन्तब्यको रुपमा चै कसरी विकास गर्ने कसरी प्रर्वद्धन गर्ने कसरी धेरै भन्दा धेरै जुन अमेरिका युरोपलगायत एसियाका अन्य मुलुकमा गाका छन् त्यसलाई नेपालमा कसरी ल्याउन सकिने नेपालको बोडरबाट ५ सय किलो मिटर भित्र भारतको हाफ अफ् द पपुलेशन बस्छ त्यो पपुलेसनलाई कसरी नेपाल भित्र विवाह गर्ने लिएर आउने त्यो हो मुल उद्देश्य ।’
समिट आज र भोली दुईदिन सम्म चल्नेछ ।

नेपाल सरकारले यसअघि नै चितवन र पोखरालाई वेडिङ डेस्टिनेसन (वैवाहिक गन्तव्य) बनाउने बताएको थियो ।
नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना २०७९मा भारतीय र बंगलादेशी नागरिकलाई आकर्षित गर्न ‘सेरेमोनियल डेस्टिनेसन’ अर्थात् उत्सवसम्बन्धी गन्तव्य बनाउने उल्लेख छ ।

यदि नेपाललाई वेडिङ डेस्टिनेसन बनाउन सकियो भने होटल चल्छ एयरपोर्ट चल्छ यहाँका उत्पादनको खपत बढ्छ रोजगारीका अवसरहरू सिर्जना हुन्छन् भन्ने मान्यताक साथ कार्यक्रम गरिएको हो ।

कार्यकारी अधिकृत सिईओ रेग्मीले सानादेखि ठुला सबै खालका विवाहका लागि स्थान उपलब्ध गराउने र यसले फूलदेखि खानेकुराको व्यवसायलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाललाई वेडिङ डेस्टिनेसनसँगै अन्य नयाँ डेस्टिनेसन बनाउन सकिन्छ । जसले नेपालको अर्थतन्त्रलाई कायापल्ट गर्न सकिन्छ । पहिला डेस्टिनेसनलाई दुई भागमा विभाजन गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?