जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ८ स्थित बिगही खोला नजिकै ट्रयाक्टर पल्टिँदा चालकको किचिएर मृत्यु भएको छ ।
आज दिउँसो प्रदेश २-०-००१ त १९६९ नम्बरको ट्रयाक्टर पल्टिँदा चालक पिपरा गाउँपालिका ६ का अन्दाजी ३५ वर्षीय रामगुलाम यादवको मृत्यु भएको हो । घटनास्थलमै ट्र्याक्टरमै किचिएर चालक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको हुनसक्ने बताए । उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जलेश्वर लगिएको छ भने थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया