प्रहरी र प्रदर्शनकारीबीच झडप

 सुरुङ्गा, झापा, १० कात्तिक अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका छन् प्रहरी र प्रदर्शनकारीबीच झडप प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । शनिश्चरे रोडबाट निकालिएको ¥याली विर्तामोडको मुक्ति चोक पुगेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको थियो । स्थानीयवासी थप आन्दोलित भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो दशैंँको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए । प्रहरी उपरीक्षक विष्णु केसीले प्रहरीले भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?