काठमाडौं । नेपाल र भारतबीच परम्परागत चिकित्सा अर्थात् आयुर्वेदको क्षेत्रमा दुई देशबीच थप सहकार्य सम्भावनाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ ।
भारतीय राजदूतावास काठमाडौंले आठौँ आयुर्वेद दिवसको उत्सवको एक हिस्साको रुपमा रहेको परम्परागत चिकित्सा क्षेत्रको सहकार्यको लागि अन्तक्रिया भएको हो ।
उक्त कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा नेपाल र भारतबीच रहेको सहकार्यबारे चर्चा गर्नुका साथै वनले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदानप्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवर्द्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराए।
त्यसैगरी उनले यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी–२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’ सँग मेल खाने पनि बताए।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा। वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख गर्दै नेपाल सरकारले आयुर्वेदको प्रवद्र्धनका लागि लिएको पहलबारे प्रकाश पारे। डाबर नेपालका व्यवसाय प्रमुख हरकिरत सिंह वेदीले उद्योगको धारणा व्यक्त गर्दै कसरी डाबरले नेपालबाट जडीबुटी संकलन गर्न आपूर्ति श्रृंखलाको विकास गरेको र त्यसले स्थानीय समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसरहरु प्रदान गरेको बताए।
चिकित्सकको धारणा प्रस्तुत गर्ने क्रममा नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अंग भएको बताए र उनले नेपालमा यसको समृद्ध इतिहासबारे जानकारी गराए ।
भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती ९धन्तेरस० मा आयुर्वेद दिवस मनाउँदै आएको छ । सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौं आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद–हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ । यस वर्षको आयुर्वेद दिवसबारे थप जानकारीका लागि जततउकस्ररबथगचखभमबमबथ।यचन।ष्लर। मा गएर हेर्न सकिनेछ ।
स्वस्थ भविष्यका लागि एक पृथ्वी एक स्वास्थ्य भावनामा केन्द्रित रही आयुर्वेदको प्रवद्र्धनमार्फत भारत र नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउन भारतीय राजदूतावास, काठमाडौं प्रतिबद्ध रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया