ललितपुर । विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथ ललितपुरको थासिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम उद्घाटन गर्दै आफ्नो संजाललाई बलियो बनाएको छ ।
नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो ।
शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्नेतथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेस ईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ ।
अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थितीरहेको उद्घाटन समारोहमा एमएडब्ल ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु , सिल्भर मुन मोटर्सका अध्यक्ष विष्णु भण्डारीले र निर्देशक यशोदा लक्ष्मी आचार्य आ–आफ्नो धारणा राख्दै यस उद्यमको महत्व र आफ्नो समर्थनका बारेमा प्रकाश पारेका थिए । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरू मध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझैप्रगाढ बनाएको छ ।
ललितपुरको नयाँ सेरेस शोरुम प्रदुषणरहित र स्मार्ट यात्राका लागि तपाईंको प्रवेशद्वार हो । दिगोपन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिएर सेरेस नेपालमा यातायातको भविष्यलाई पुनः परिभाषित गर्न तयार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया