काठमाडौं । सशस्त्र प्रहरीका इन्स्पेक्टर तथा गायक पृथ्वी खनालको नयाँ गीत ‘नेपाल वर्ल्ड कपमा’ सार्वजनिक भएको छ ।
पृथ्वी खनाल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा गायक खनालकै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन शाहस शाक्यले गरेका छन् ।
नेपाल टी–ट्वान्टी एसिया कपको शीर्ष दुई भित्र पर्न सके आगामी वर्ष अमेरिका तथा वेष्ट इण्डिजमा हुने टी–ट्वान्टी वर्ल्ड कपको लागि नेपालले स्थान पक्का गर्नेछ ।
यो क्रिकेट गीत पृथ्वी खनाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया