सर्वोच्चको आदेशपछि नेपालगन्जबाट पक्राउ परे रिगल

लोकपथ
238
Shares

काठमाडौं । योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । रिगल नेपालगन्जबाट पक्राउ परेका हुन् ।

बिहिबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णयलाई बदर गर्दै रिगललाई पक्राउ गर्न आदेश दिएको थियो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले रिगलको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।

सर्वोच्चको फैसलापछि उनी अब ११ वर्ष ११ महिना जेलमा बस्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?