काठमाडौं । आजबाट प्रतिनिधि सभाको दोस्रो यानेकी हिउँदे अधिवेशन अन्त्य भएको छ ।
२०८० साल वैशाख २४ गतेबाट आजसम्म १८० दिन चालू रहेको थियो । जसमध्ये ६१ दिनमा ६५ वटा बैठक बसी २४४ घण्टा ५० मिनेट संसदीय काम कारबाहीमा व्यतित भएको संघीय संसद सचिवालयले जनाएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको यो अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । त्यससँगै राष्ट्रपतिले अधिवेशनको अन्त्य गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया