नक्कली श्रम स्वीकृती बनाउने २ जना पक्राउ

लोकपथ
217
Shares

काठमाडौं । नक्कली श्रम स्वीकृती लगायतका कागजातहरु बनाउने व्यक्तिहरु पक्राउ परेका छन ।

भिजिट भिषामा विदेश ‍जान लागेका व्यक्तिहरु शंकास्पद रहे पछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मिति २०८०।०७।१२ गते अपराध अनुसन्धान कार्यालमा पठाईएको उक्त कागजातहरु मध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृती नक्कली देखिएको हाे ।

उक्त कागजात बनाउने जिल्ला गोरखा बारपाक सुलिकोट- ४ घर भई हाल जिल्ला काठमाडाैं बनस्थली बस्ने २३ वर्ष को अजित फेवाली र जिल्ला गोरखा बारपाक सुलिकोट-४ घर भई हाल जिल्ला काठमाडाैं नागार्जुन-१ रानीवन बस्ने बर्ष २१ को विपिन ढकाललाई मिति २०८०।०७।१४ गते १४ ०० बजेको समयमा काठमाडाैं-१३ सोल्टीमोड स्थित भाडामा लिई वैदेशक रोजगार सम्बन्धि काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएको हो ।

तत्काल उक्त वैदेशक रोजगार सम्बन्धि काम गर्ने ट्राभल्सको कोठामा खानतलासी गर्दा विपिन ढकालको कम्पनीको मोवाईल Redmi थान – १ ,अजित फेवालीकोTecno कम्पनीको मोवाईल थान–१, frontech Briad लेखिएको थान – १ बरामद गरीएकाे छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी  काठमाडाैं पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?