काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले संसदमा गलत अभ्यास गरेको टिप्पणी गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेलले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सदन नै अवरुद्ध गरेको बताए ।
प्रधानमन्त्री विदेशमा गए पनि कार्यबाहक प्रधानमन्त्रीले अन्य कामकारबाही सञ्चालन गर्न सक्नेमा सरकारले नै दवाब दिएर संसद बैठक नै स्थगित गरेको बताए ।
‘प्रधानमन्त्रीज्यू विदेश भ्रमणमा जानुभयो । स्वभाविक छ प्रधानमन्त्री विदेश भ्रमणमा जानुपर्दछ । त्यसलाई हामीले बुझेको विषय हो । प्रधानमन्त्री विदेशमा गए पनि मुुलुकमा कार्यवाहक प्रधानमन्त्री हुन्छ । मुलुुकको दैनिक शासन प्रशासनका कामहरु, मुलुकका नियमित कामहरु कारबाहीहरु रोकिँदैनन् । तर यहाँ के गरियो भने, प्रधानमन्त्री देशमा नभएको कारणले, प्रधानमन्त्री विदेशमा गएको भनेर सदन स्थगित गरियो । सदन स्थगित गर्नका निम्ति सरकारले दबाव नै दियो । यो खालको असंगत अभ्यास पनि यहाँ गरियो ।’ उनले भने ।
त्यस्तै सरकारले राम्रो काम गरेको भनेर चर्चा गरे पनि देशको वास्तविक अवस्था त्यस्तो नभएको टिप्पणी गरे । सरकारले संवाद, सहमति र सहकार्यको परिभाषा दिइरहे पनि सरकारले प्रमुख प्रतिपक्षी दललाई बोल्न नदिएको आरोप लगाए । साथै सरकारले प्रतिपक्षीको कुुरा नसुनेको बताए ।
जनयुद्ध मानेर नेपाली कांग्रेस संवाद, सहमति र सहकार्य गरेर अघि बढेको बताए । फागुन १ गते सरकारले जनयुद्ध दिवस मनाउने घोषणा गरेको दिवस उत्सवको दिन हुन नसकेको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया