कांग्रेस सांसद गौतमले संसदमा गरे मौनधारण, स्वतन्त्र पार्टीका सांसदको समर्थन

लोकपथ
420
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले संसदमा मौनधारण गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको शून्य समयमा उठेर मौनधारण गरेका हुन् ।

शुन्य समयमा सभामुख देवराज घिमिरेले उनलाई बोल्नका लागि समय दिएका थिए । तर उनले उठेर मौनधारण गरेका थिए । बिचमा सभामुख घिमिरेले बोल्नका लागि समय दिएको जानकारी गराए तर उनी नबोली मौनधारण गरे ।

उनी मौनधारण गरिरहँदा उनको दल नेपाली कांग्रेसका केही सांसदहरुले समर्थन गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले समर्थनस्वरुप तालि पिटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?