१७ मङ्सिर २०७९, शनिवार

दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन

२०७४,कार्तिक,१०,शुक्रवार ०६:४६

0
Shares

जुम्ला, १० कात्तिक तातोपानी गाउँपालिका–८ टोप्ला ताम्तीका बासिन्दाले १० जोड दुई कक्षा सञ्चालनका लागि देउसी भैलो खेलेर रु २५ लाख १२ हजार संकलन गरेका छन् जुम्लाकै अति दुर्गम क्षेत्रमा अवस्थित साविकको प्रस्तावित कालिका माध्यमिक विद्यालयलाई १० जोड २ मा स्तरोन्नति गर्न विद्यालयको नेतृत्वमा त्यहाँका समुदायले सामूहिक देउसी भैलो खेलेका हुन् । तिहारमा खेलिएको देउसीबाट रू २५ लाख ४२ हजार संकलन भएको साविकको ताम्ती गाविस वडा नं ७ का स्थानीय समुदायका अगुवा मानबहादुर शाहीले जानकारी दिए दुर्गम बस्तीका विद्यालयलाई १० जोड दुई कक्षा सञ्चालन गर्न अनुमति नदिएकले विद्यार्थीले उच्च शिक्षाका लागि अन्य गाविस/गाउँपालिका चाहार्नुपर्ने बाध्यताबाट मुक्त गराउन देउसी खेलेर रकम संकलन गर्नुपरेको देउसी संयोजन समितिका संयोजक जीवन शाहीले जानकारी दिए । “शिक्षा क्षेत्रमा सबैलाई सहयोग गर्न अनुरोध गरेपछि समुदायबाट पनि सहयोग भएको छ”, उनले भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरतबहादुर शाहीले १० कक्षासम्म अनुमति पाएको विद्यालयमा हालसम्म मावि दरबन्दी नरहेकाले समुदायले नै छजना निजी शिक्षकलाई तलब खुवाउँदै आएको बताए । दश जोड दुई कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसी खेल्ने कुरा सार्वजनिक गरेपछि स्थानीयवासीले दिल खोलेर रू ११ हजार र सोभन्दा माथि दान दिएको उनले बताए “यत्रो रकम उठ्ला भन्ने सोँचेकै थिइएन, गाउँका सामान्य मान्छेले हजारौँ रुपैयाँ दिएपछि म आफैँले पनि रू एक लाख ११ हजार १११ दिएँ”, अध्यक्ष शाहीले भने । स्थानीयवासी धनबहादुर शाहीले सबैभन्दा बढी रकम रू एक लाख १३ हजार दान दिएका थिए शिक्षाका लागि सर्वसाधारण सक्रिय हुँदा राज्यका निकाय जिल्ला शिक्षा कार्यालय र गाउँपालिकाले बेवास्ता गरेको गुनासो गर्दै अध्यक्ष शाहीले समुदायसँग सहकार्य गरेर विभिन्न सार्वजनिक कामबाट विद्यालय सञ्चालन गर्नु परेककाले दुर्गमका बासिन्दाको समस्या बुझ्न राज्यको ध्यान जानुपर्नेमा जोड दिए प्रधानाध्यापक मानबहादुर शाहीले शिक्षा क्षेत्रका लागि समुदायका व्यक्तिले मनै खोलेर सहयोग गरेको जनाए । उनका अनुसार देउसीमा नगद मात्र नभएर जिन्सी पनि प्राप्त भएको छ । जसमा २१ भेडा, छ लिउ र चार कम्बल रहेको उनको भनाइ छ । उक्त विद्यालयमा हाल ४४२ विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१०,शुक्रवार ०६:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८