अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

लोकपथ
28
Shares

काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुुवा गरेको हो ।

निजामति सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएसँगै वरिष्ठताका आधारमा दुई जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

त्यस्तै आजको बैठकले संसदको हिउँदे अधिवेशन आज रातिबाट अन्त्य गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?