काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएका नेपालगञ्जका योगराज ढकाल ‘रिगल’विरुद्ध परेको मुद्दाको फैसला आज हुने भएको छ ।
बुधबारबाट सर्वोच्चको संयुक्त इजलासमा सबै बहस सकिएसँगै आज तीन बजेपछि फैसला आउने बहसकर्ता मध्येका एक अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।
नेपालगञ्जका चेतन मानन्धरको खुडा हानि हत्या अभियोगमा जेल जीवन काटिरहेका रिगलको आममाफीविरुद्ध चेतनपत्नी भारती मानन्धरले उनलाई जेलमा राख्न माग गर्दै मुद्दा दायर गरेकी थिइन् । रिगलविरुद्धको मुद्दामा मंगलबारबाट सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र डा. कुमार चुँडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो ।
रिगलले २०७२ साल असारमा चेतनको हत्या गरेका थिए । सर्वस्वसहित जन्मकैद सजाय पाएका रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपतिले आममाफी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया