बिपिन यादव/ काठमाडौं । धनुषाको विदेह नगरपालिका वडा नं ०२ स्थित श्री शंकर जनता माध्यमिक विद्यालय दुहवीको सहकार्य र प्रहरी ईलाका प्रहरी कार्यालय दुहवीको आयोजनामा संचालित सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी विद्यालय कार्यक्रमको आयोजना गरिएको छ।
उक्त कार्यक्रममा सोही विद्यालयको कक्षा ९–१० मा अध्यनरत १०० भन्दा बढि विद्यार्थीहरु उपस्थिती रहेको थियो ।
कार्यक्रममा आधारभुत सुरक्षा, सडक सुरक्षा, बालबालिका विरुद्धको अपराध सामजिक सञ्जालको सुरक्षित प्रयोग यसमा हुन सक्ने अपराध तथा कानुनी व्यवस्थाको साथै दिनानुदिन बढ्दै गैरहेको लागुऔषध दुवर्यसनीका असर यसबाट बच्ने उपायहरु तथा न्युनिकरणका लागी ब्यक्ती, परिवार, समाज र सरोकारवाला निकायको भुमिका लगायत विषयमा ईलाका कार्यालय दुहवीको प्रहरी वरिष्ठ नायव निरीक्षक जय प्रकाश साहले प्रस्तुतिकरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया